Rule 44
परीक्षा समितिको सदस्य–सचिवको काम कर्तव्य र अधिकार
माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको सदस्य– सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रश्नपत्र निर्माता, प्रधान परीक्षक, सहायक प्रधान परीक्षक र अन्य आवश्यक कर्मचारी नियुक्ति गर्ने,
(ख) निष्पक्ष र नियमित तरीकाबाट परीक्षा सञ्चालन र उत्तरपुस्तिका जाँच गराउने तथा सो सम्बन्धमा सम्बन्धित व्यक्तिलाई आवश्यक निर्देशन दिने,
(ग) आफूलाई प्राप्त अधिकार आवश्यकता अनुसार परीक्षा समितिको कुनै सदस्यलाई सुम्पने,
(घ) परीक्षा सञ्चालन सम्बन्धमा परीक्षा समिति वा सो समितिको अध्यक्षको निर्देशन बमोजिम काम गर्ने ।